ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो’

  नयाँ बुलन्द  89 पटक हेरिएको


काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले तत्काल सांसद पदबाट राजीनामा नदिने भएको छ ।

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो ।’ वार्तामा पार्टीभित्रको समस्यालाई सहमतिको आधारमा टुङ्ग्याउने सहमति भएको नेता नेपालले बताउनुभयो ।

२०७६ फागुन २८ गतेको निर्णय सच्याउने र सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने विषय छलफल गर्नका लागि कार्यदल बनाउने दुवै नेताबीच सहमति भएको उहाँको भनाइ छ । उहाँले आफूले राखेको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएका जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार