जिसस प्रमुख सहित इलाममा थप सात जनामा कोरोना भाइरस सङक्रमण पुष्टि

  नयाँ बुलन्द  170 पटक हेरिएको

इलाम : जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना सङक्रमण पुष्टि भएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालकाे एन्टिजेन्ट परीक्षण गरिएको थियो ।

एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका छन् । उनको पीसीआरका लागि स्वाब समेत परीक्षणका लागि पठाइएको छ ।

थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्ये सूर्योदय नगरपालिकामा दुई, रोङ गाउँपालिकामा तीन, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । जिल्लाबाट एक सय ३८ जनाको कोरोना परीक्षणका लागि पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार