पाँचथरमा एक कोरोना संक्रमितको मृत्यु

  नयाँ बुलन्द
2.1k Shares

 

पाँचथर : फालेलुङ गाउँपालिका वडा नम्बर -२ का कोरोना संक्रमित एक जनाको जिल्ला अस्पताल फिदिममा मृत्यु भएको छ ।
६० वर्षिय पुरुषको आज जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दियो । उनलाई गएराती २ बजे अस्पताल ल्याइएको बताइएको छ ।

२६ गते आएको पिसिआर परिक्षणको नतिजामा उहाँमा संक्रमण पुष्टि भएको थियो । त्यस पश्चात उहाँ घरमै होम आइसोलेसनमा रहनुभएको थियो । अवस्था जटिल बन्दै गएपछी राती उहाँलाई अस्पताल ल्याइ पु¥याइएको थियो ।

अस्पतालमा भर्ना हुदा नै उहाँको अवस्था गम्भिर रहेको अस्पताल श्रोतले बतायो । मृतक केही हप्ता अगाडी याङवरकमा भएको ८४ पुजामा सहभागि भएको बुझिएको छ । जिल्ला भित्रै कोरोनाकै कारण पहिलो मृत्यु भएको यो पहिलो घटना हो ।

मृतकको शवलाई नेपाली सेनाको टोली मार्फत ब्यावस्थपनको तयारी भैरहको बताइएको छ ।नयाँकुरोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार