बङ्गुरपालनमा आत्मनिर्भर बन्दै रोङ मानाबुङ्गका किसान

रोङ : जिल्लाको रोङ गाउँपालिकाको वडा नम्बर ४ किटेनी मेची राजमार्गबाट  करिब १ घण्टा ३० मिनेटको कच्ची बाटो हुँदै जाँदा रोङ ४ को मानाबुङ्ग स्थित हाम्रो लोकप्रिय बङ्गुर फार्म पुगिन्छ ।

रोङ ४ का साजन राईले करिब ७ लाखको लागतमा उक्त बङ्गुरपालन व्यवसाय सञ्चालन गरेको हो ।  १० वटा भुनी र २ वटा बिर बङ्गुर लगाएर सुरु गरेको र हाल बच्चा पनि उत्पादन भएको सञ्चालक साजन राईले बताए ।

एकपटक एउटाले ६ वटा र अर्कोले १२ वटा बच्चा जन्माएको छ उनले बताए । यो बच्चालाई हेरी हेरी दाम लगाएर बेच्न सकिने पनि सञ्चालकले जानकारी दिए । बङ्गुरको सङ्ख्यामा वृद्धि गर्ने र यसका लागि खोर निर्माण गर्दै गरेको उनले बताए ।

सुरुमा खोर निर्माण र बङ्गुरको बच्चा हाल्दा करिब ७ लाख खर्च भएको र महिनामा करिब ३० हजारको दाना खाने उनको भनाइ छ । अब बङ्गुरको संख्या बढेसँगै खर्च पनि बढ्ने उनले बताए । यस्तो धेरै आफ्नो लगानीमा व्यवसाय गरेको तर स्थानीय सरकारले कुनै किसिमको सहयोग नगरेको उनको गुनासो छ ।

“फार्म दर्ता गरियो बङ्गुरपालन सम्बन्धी तालिम नि लिएर पालिकाबाट तालिममा सहभागीलाई फार्मको अनुगमनमा पनि ल्याइयो अब चाहिँ केही सहयोग गर्छ कि” उनलेे भने ।

उनले झापाको केर्खाबाट बङ्गुरको बच्चा खरिद गरेको र केही सल्लाह सुझाव सोही स्थानबाट लिने गरेको छ । यो कोरोनाको महामारीले लकडाउन भए सँगै दाना ल्याउन कठिन भएको र दानाको मूल्य वृद्धि हुने समस्याले किसानलाई मर्का पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार