इलाम : इलामको माईजोगमाईमा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का ९४ बर्षिय बृद्ध रहेको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई बैशाख १३ गते अस्पताल लगिएको थियो ।
बैशाख १४ गते पिसिआर परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनको मेची अञ्चल कोभिड अस्पतालमा मृत्यु भएको हो । यो संगै इलाममा नयाँ भेरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । माईजोगमाईमा हाल कोरोनाबाट ५ जना संक्रमित भइसकेका छन् ।
यस्तै थप चार जना कोरोना संक्रमित थपिएका छन् । आजको रिर्पोटअनुसार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका २÷२ जना सङक्रमित थपिएका हुन् ।
जम्मा जिल्लाभरका कोरोना सङक्रमितको सङ्ख्या एक सय ९६ पुगेको छ । हाल होमआइसोलेसनमा एक सय ५६ जना छन् भने २१ ज्नाको अवस्था सामान्य छ ।
जिल्लामा १८ बर्षमुनीका संक्रमितको संख्या १५, १९ देखि ४० उमेर समूहका सङ्क्रमितको सङ्ख्या११५, ४१ देखि ६० उमेरका ४५, ६१ देखि ८० उमेरका १५ जना र ८१ मथिका ६ जना सङ्क्रमित छन् । हाल जिल्लामा एक सय ३ पीसीआर परीक्षण र ९३ एन्टिजेन परीक्षणबाट संक्रमित पत्ता लागेका हुन् । हाल जिल्लाका छ जना सङ्क्रमित आइसीयुमा भर्ना भएका छन् ।






















































