इलाम : इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा संचानलनमा आउन सकेको छैन । भेन्टिलेटर संचालनमा नआएसगै स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ ।
दोस्रो लहरको संक्रमण बढी रहेको बेला भेन्टिलेटर प्रयोगबिहिन बनेको हो । केन्द्र सरकारको करिब ४० लाख रुपैयाँमा भेन्टिलेटर खरीद गरेको थियो । स्वासप्रश्वासका गम्भीर बिरामीका लागि प्रयोग गर्न भेन्टिलेटर खरीद गरे पनि प्रयोगबिहिन बनेपछि स्वासप्रश्वासका बिरामी उपचारकालागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको अस्पातलका सुचना अधिकारी कुल बहादुर देवानले बताउनुभयो ।
१४ जना स्थायी डाक्टरको दरबन्दी रहेको इलाम अस्पतालमा हाल एकजना स्थायी डाक्टर र चारजना करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । ९ जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पताल विशेषज्ञ डाक्टरहरुको अभाबमा थलिदै गएको छ ।