दुई हप्ता नबित्दै मनाङेको मन्त्री पद खुस्कियो

  नयाँ बुलन्द
567 Shares

 

फाइल तस्वीर

इलाम : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा दिएका हुन् । अविश्वासको मतमा सोमबार मतदान हुँदैछ । मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । १२ दिन अघि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका दीपक मनाङे (राजीव गुरुङ) समेत पदमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार