इलाममा कफी खेती विस्तार हुँदै

  नयाँ बुलन्द
126 Shares

इलाममा कफी खेती विस्तार हुँदै

इलाम । इलाम चियाको राजधानी नै हो भन्दा पनि अतिसयुक्ति नहोला । इलाम मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ ।

चियाको जिल्ला भनेर चिनिने इलाममा कफि खेती पनि विस्तार हुन थालेको छ । यहाँका कृषक समूहगतरुपमा र व्यक्तिगतरुपमा पनि कफि खेतीतर्फ उत्साहित हुन थालेका छन् । जिल्लाका दक्षिणी र पश्चिमी क्षेत्रमा यसको खेती विस्तार वढ्दो छ ।

नेपाल चिया तथा कफि विकास वोर्डको तथ्यांक अनुसार इलाम जिल्लामा ९ सय २० कृषक आवद्ध छन् । केहि वर्षअघि सुरु भएको कफि खेती विस्तार हुँदै अहिले ९१ हेक्टर क्षेत्रफमा पुगेको छ । जिल्लाको कूल उत्पादन बार्षिक २० मेट्रिक टन रहेको छ । जिल्लामा ३० हजार हेक्टरमा कफि खेती विस्तार गर्न सकिने वोर्डको तथ्यांक रहेको छ । अहिलेसम्म जिल्लामा कफि खेती विस्तार काम नभएको अवस्थामा मूख्य गरि इलाममा कफि खेती विकासको सम्भाव्यता अध्ययन गर्दै विरुवा उत्पादन र खेती विस्तारको पहल थालिएको चिया तथा कफि बिकाश बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले बताउनुभयो ।

इलामको माटो कफि खेतीकालागि अब्बल रहेको सरोकारवालाको भनाई छ । कफि खेती ८ सय देखि १६ सय मिटरसम्म गर्न सकिन्छ । कृषकस्तरवाट कफि खेति थालिए पनि वोर्डले अहिले सम्म ठोस कार्यक्रम ल्याउन नसक्दा कृषक समस्यामा थिए । चालु आर्थिक वर्षमा वोर्डले खेति विस्तारकालागि कार्यक्रम ल्याएको हो । कृषकले खेती विस्तार गर्न चाहे पनि गुणस्तरीय विरुवाको अभाव, आवश्यक प्राविधिक ज्ञानको अभाव, रोगकिराको प्रभाव जस्ता समस्या खेप्नु परेको कफि खेती गरिरहेका किसानहरुको भनाई छ ।

‘ठूलो सम्भावना बोकेको भए पनि आवश्यक ज्ञानकै अभावमा कृषकले ढुक्कले खेति बढाउन सकेका छैनन्,’ माङसेवुङ १ गजुरमुखीका कृषक एम कार्कीले भन्नुभयो, ‘देखिएका समस्यालाई सहिरुपमा समाधान गर्न सके इलाममा कफि खेति विस्तारमा चाँडै ठूलो फड्को मार्न सकिन्छ ।’ रोपेको ४ वर्षपछि उत्पादन दिने कफिको एउटा वोटवाट कम्तिमा १५ किलोसम्म उत्पादन हुन्छ । पश्चिमा देशमा अत्याधिक खपत हुने कफि स्वास्थ्यका हिसावले राम्रो मानिन्छ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार