युवा क्लवकाे सक्रियतामा खेलमैदानदेखी भवनसम्म निर्माण हुँदै

फाकफाेकथुम : सुन्दा आश्चार्य लाग्न सक्छ । एउटा युवा क्लबले खेलमैदान निर्माण गरिसकेकाे छ । क्लवकै आफ्नाे भवन समेत बनाउँदैछ । खेलमैदान बनाउनु र क्लवकै भवन बनाउनु कुनै चानचुने काम भने हाेइन । त्याे पनि क्लवकै सक्रियतामा एक खेलमैदान निर्माण गरिसकेकाे छ र एक भवन बनाउँदैछ ।  तर याे सत्य हाेकी इलामकाे फाकफाेकथुममा याे सम्भव भएकाे छ ।

फाकफाेकथुम गाउँपालिका वडा नं. ४ फुएतप्पामा स्थानिय फुङवा युवा क्लवले एक खेलमैदान निर्माण गरेकाे छ । भवन बनाउँदैछ । शुरुमा खेलमैदान बनाउने सपना भने स्थानीय ठाउँमा लाग्ने चासाेक तङनाम मेलासँग जाेडियाे । लिम्बू समुदायकाे उध्याैली पर्व चासाेक तङनाममा लाग्ने मेलामा भलिवल प्रतियाेगिता आयाेजना गरिन्थ्याे । पछि त्यहाँ फुटबल प्रतियाेगिता समेत आयाेजना गर्ने सपना देखिन थालेपछि फुटबल खेलमैदान बनाउने संकल्प स्थानीय फुङवा युवा क्लवले देख्न थालेकाे तक्कालिन क्लवका सचिव दिपक याेङहाङ वताउँछन् ।

खेलमैदान बनाउने सपना त देखियाे तर पर्याप्त जग्गा समेत दान गर्ने व्यक्ति काेही नभएपछि खरिद गरेरै भएपनि  बनाउने सपना भने कायमै रह्याे । सपना पूरा गर्न क्लवमा रकमकाे लागि सहयाेग संकलन सुरु गरियाे ।  क्लवमा आवद्ध प्रत्येक सदस्यबाट रकम संकलनकाे काम थालियाे । रकम संकलन त्यति सहज भने थिएन । तर क्लवले हिम्मत हारेन । प्रतिव्यक्ति  न्युनतम पाँच हजार र सक्ने व्यक्तिले अधिक्तम बीस हजारसम्म क्लवका र क्लव बाहिरका व्यक्तिले समेत सहयाेग गरेकाे दीपक याेङहाङ बताउँछन् ।

यसरी संकलित लगभग साढे ३ लाख रकमले स्थानीय दलबहादुर याेङहाङ लिम्बूकाे जग्गा ४-१०-०-० प्रति राेपनी १ लाख १२ हजारले खरिद गरियाे । त्यसपछि खेलमैदान खार्ने काम सुरु भयाे तर संकलित रकमले जग्गा किन्नै जपूगेपछि सहयाेग संकलन जारी रह्याे । एकातिर सहयाेग संकलन जारी थियाे तर खेलमैदान खार्ने काम भने उधाराेमै भएपनि अघि बढ्याे ।

पूरी निर्माण कन्ट्रक्सन प्रालिले प्रतिघण्टा २५ सयले १ सय २४ घण्टा खेलमैदान खारे । तर ज्याला रकम भने उधाराेमा रह्याे । यसरी क्लवले हिम्मत नहारी काम भने गरिरहे । आर्थिक संकलन पनि देशविदेशबाट आईरहेकाे थियाे । पछिल्लाे समय स्थानीय सरकार फाकफाेकथुम गाउँपालिकाले समेत क्लवकाे सक्रियतामा आँखा पुर्यायाे । त्यसपछि क्लवलाई आ व २०७५/७६ मा पहिलाे पल्ट ४ लाख रकम विनियाेजन गरिदियाे । पुन: २०७६/७८ मा २ लाख रकम क्लवलाई उपलब्ध गराएपछि खेलमैदानले पूर्णता पाउने भयाे । यसरी पालिकाकाे थप सहयाेगबाट पुन: थप जग्गा खरिद भएकाे छ । स्थानीय भक्तवहादुर लिम्बू र दलबहादुरकै १ राेपनी क्लवले खरिद गर्याे ।

हाल खेलमैदानकाे स्तराेन्नती भएसँगै हाल प्रत्येक वर्ष चासाेक तङनाम लगायतकाका समयमा फुटबल लगायतका प्रतियाेगिताहरु सम्पन्न भईरहेका छन् । सुरुमा  २०७५ मा चासाेक तङनाम फुटबल कप आयाेजना सम्पन्न भएकाे थियाे । गतवर्ष  चासाेक तङनाम फुटबल कपकाे दाेस्राे संस्करण सम्पन्न गरेका क्लवले यसवर्ष फाकफाेकथुम अध्यक्ष कप प्रतियाेगिता सफलतापूर्वक सम्पन्न गरेकाे छ ।

चाहियाे भने सम्भव हुने रहेछ भन्ने उदाहरण फुङवा युवा क्लवले यसरी देखाएकाे छ । खेलमैदान मात्र हाेइन क्लवले आफ्नै नाममा जग्गा खरिद गरि क्लवकै भवन समेत निर्माण गरिरहेकाे छ । क्लवकाे भवन भने प्रदेश सरकारकाे सहयाेगमा निर्माण भईरहेकाे दीपक याेङहाङले वताए ।

काे हुन् फुङवा युवा क्लव ? 

स्थानीय युवाहरुकाे सक्रियतामा २०६२ सालमा गठन भएकाे फुङवा युवा क्लव स्थापनाकाल देखिनै सृजनात्मक काममा ब्यस्त थिए । समाज परिवर्तनकाे लागि विभिन्न सांस्कृतिक, सांगितिक एवम् साहित्यिक कार्यक्रमहरु आयाेजना गर्दै समाजमा रहेका कुरिती, कुसंस्कारविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु क्लवले विगतदेखिनै गर्दै आएकाे छ । देउसे भैलाेदेखि राष्टि्य स्तरका प्रख्यात कलाकारहरुलाई सहभागि गराई बृहत कार्यक्रमहरु समेत क्लवले गरिसकेका छन् ।

लिम्बू समुदायकाे च्याब्रुङ नाच प्रशिक्षण, भाषा लिपी प्रशिक्षण लगायतका सीपमूलक तालिमहरुकाे आयाेजना गरिरहेने क्लवले खेलकुदकाे माध्यमबाट युवाहरुलाई लागू औषध र दुर्व्यसनबाट छुटकारा गराएका छन् । स्थानीय माेफसलका फुटबल प्रतियाेगिताहरुमा राम्राे स्थान बनाउन सुरु गरेका क्लवले विभिन्न प्रतियाेगितामा सहभागि हुँदै आएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार