
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको छ ।
अहिले उहाँहरुबीच छलफल भइरहेको छ । राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका बेला उहाँहरुबीचको भेट यसै बिषयमा भएको स्रोतको दाबी छ ।
यसअघि कांग्रेस सभापति देउवा, एमाले नेता नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको छ ।
सभापति देउवासहित कांग्रेसका शीर्ष नेतासँग बुधबार एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुले छलफल गर्नुभएको थियो । उहाँहरु बीचको छलफलमा प्रधानमन्त्री ओलीले विश्वासको मत मान्नु भएको थियो भने कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रष्ट पारेको थियो ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि अन्तर पार्टी नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।


















































