प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं

  नयाँ बुलन्द  350 पटक हेरिएको

झापा : झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई उपचारका लागि आइसीयुबाट भेन्टिलेटरमा सारिएको छ ।

कोरोना सङ्क्रमण भएर उपचारका लागि उनलाई बीएन्डसी हस्पिटलको आइसीयुमा विगत पाँच दिनदेखि राखिदै आएको थियो ।

अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।

‘फोक्सोमा गम्भीर सङ्क्रमण भइसकेको अवस्थामा उहाँलाई अस्पताल ल्याइएको थियो,’ अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने–‘भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

कोरोना सङ्क्रमण भइसकेपछिको अवधिमा खाम्याहाङ होम आइसोलेसनमै थिए । सास फेर्न नै समस्या हुन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘होम आइसोलेसनमा रहँदा जटिल अवस्थामा पुग्ने जोखिम धेरै हुन्छ,’ गिरी भन्छन्–‘अहिले पनि होम आइसोलेसनमा हजारौं व्यक्ति हुनुहुन्छ ।

अक्सिजन लेभल कति छ निमोनिया संक्रमण भएको छ कि छैन भनेर स्थानीय सरकारले घरघरै टोली पठाएर स्वास्थ्य परीक्षण बेलैमा गराउने हो भने विरामी गम्भीर अवस्थामा पुग्नु अगावै अस्पतालको सेवामा पुग्न पाउँछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार