माङसेबुङमा १५१ भूमिहीन सुकुम्बासी र २६६० अव्यवस्थित बसोबासी

  बालकृष्ण बस्‍नेत
1.2k Shares

माङेबुङ : इलामको माङसेबुङ गाउँपालिकाभरमा १ सय ५१ भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित र २ हजार ६ सय ६० घरधुरी अव्यवस्थित रुपमा बसोबास गर्दै आएको पाइएको छ ।

भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनले सुरु गरिएको कार्यक्रम अन्तरगत संकलित तथ्याङ्कमा सो उल्लेख छ ।

कार्यक्रम अन्तरगत माङसेबुङमा अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी तथा भुमिहीन दलितको तथ्याङ्क सङ्कलन सकिएको छ ।

तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या १४ घरधुरी छ भने अव्यवस्थित बसोबासीको संख्या १ सया ४१ घरधुरी रहेको छ ।

वडा नम्बर २ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या १६ घुरधुरी र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४३ घरधुरी रहेको छ । वडा नम्बर ३ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या २२ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६ घरधुरी रहेको छ ।

वडा नम्बर ४ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या ४१ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ३ सय ६८ घरधुरी रहेको छ । वडा नम्बर ५ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या ३५ घरधुरी र अव्यवस्थित बसोबासीको संख्या ६ सय ६० घरधुरी रहेको छ ।

त्यसैगरी वडा नम्बर ६ मा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितको संख्या २३ र अव्यवस्थित बसोबासीको संख्या ४ सय ४२ घरधुरी रहेको छ ।

सरकारले भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार