युवासंघ नेपाल पाँचथरको कोभिड -१९ सचेतना सम्बन्धि विज्ञप्ती

  नयाँ बुलन्द  131 पटक हेरिएको

 

पाँचथर : नेपाल कम्युनिष्ट पार्टी एमाले (खनाल-नेपाल) निकटको युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरले कोभिड -१९ सचेतना सम्बन्धि विज्ञप्ती निकालेको छ ।

संघले विज्ञप्ती जारी गर्दै जिल्ला तथा पालिका कमिटीका सदस्यहरुलाई स्वयंसेवक भएर कोरोना सम्बन्धि सचेतना फैलाउन,रोकथाम,न्यूनीकरण गर्न,क्षति हुनबाट जोगाउन आवश्यक सहयोग गर्न कार्याकर्तालाई आग्रह गरेको छ ।

कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन,रोकथाम तथा सर्वसाधारणको उपचार लगायतमा सरकारले निर्वाह गरेको भूमिका प्रति धेरै नागरिक असन्तुष्ट रहेको आरोप समेत लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार