बैशाख ३१ गते सम्मका लागि इलाम बन्द

  नयाँ बुलन्द
161 Shares

इलाम : कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले इलाम नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख ३१ गते सम्मका लागि आवतजावत बन्द गर्ने भएको छ । इलाम नगरपालिका ७ को ठूलो टुँडिखेल देखि धोभिधारा बजार र जिरो किलोमिटरको बजारमा आवतजावत सहित घरबाट ननिस्कने गरी बन्द गर्ने र राजमार्ग भने खुला रहने निर्णय गरेको हो । बन्दको समयमा खाद्यान्य र औषधि खरिदभने खुल्ल हुने निर्णय भएको छ । त्यस्तै इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारमा भने लामोदुरिका सवारी पार्किङबन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने कार्यलयमा भिडभाड नगरि स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम कर्मचारिबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
व्यवसाय २६ गतेसम्म बन्द 
कोरोना संक्रमण फैलन नदिन जिल्लामा बैशाख २८ सम्म बन्द हुने भएका छन । व्यवसायि सँगको राय सल्लाह अनुसार  बैशाख २२ बाट २८ सम्म बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष् इश्वर चिपालुले बताए । बन्दको बेला दैनिक उपभोग्य सामग्री खरिदका लागि भने विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुने उद्योग वाणिज्य सँघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार