इलाममा कोरोना भाइरस संक्रमण पुष्टि हुनेकाे दर बढ्दै,मृत्यु हुनेको संख्या ४ पुग्याे

  नयाँ बुलन्द
238 Shares

इलाम : इलाममा आज  १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या ७१ पुगेको छ ।

यसरी नै संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । इलाम सदरमुकामका एक पुरुष र इलाम नगरपालिका वडा नं  ५ की एक युवतीको उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि संक्रमणबाट दुई जनाको मृत्यू भएको थियो । यो सँगै जिल्लामा मृत्युहुनेको संख्या ४ पुगेको छ ।

व्यवसाय २८ गतेसम्म बन्द 
कोरोना संक्रमण फैलन नदिन जिल्लामा बैशाख २८ सम्म बन्द हुने भएका छन । व्यवसायि सँगको राय सल्लाह अनुसार  बैशाख २२ बाट २८ सम्म बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष् इश्वर चिपालुले बताए । बन्दको बेला दैनिक उपभोग्य सामग्री खरिदका लागि भने विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुने उद्योग वाणिज्य सँघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार