इलाममा कोरोना भाईरस संक्रमणबाट जोगिन सचेतना मुलक कार्यक्रम

  नयाँ बुलन्द
168 Shares

इलाम : इलाममा कोरोना भाईरस संक्रमण देखिन थालेसँगै संक्रमणबाट जोगिन घरदैलोमा पुगेर सचेतना मूलक कार्यक्रम भएको छ ।  जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय,  इलाम नगरपालिका र उद्योग वाण्ज्यि संघको संयुक्त आयोजनामा इलाम सदरमुकाम भित्रका ब्यवसायिहरुको घरदैलोमा पुगेर सचेतना मूलक कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा संक्रमण आउन नदिन अपनाउनु  पर्ने सावधानी, उद्योगी ब्यवसायि, बैक, बित्तिय सस्था, यातायात, होटल, अन्य ब्यवसाय साथै स्थानिय नागरिकहरुले अपनाउनु पर्ने मापदण्डको जानकारी दिईएको थियो भने माक्स प्रयोग नगरी बजार हिँडेका व्याक्तिलाई माक्स समेत उपलब्ध गराएको थियो ।

कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद बराल, जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी, झरेन्द्र प्रसाद चापााँगाइ, जिल्ला प्रहरी कार्यालय इलामका डिएसपि, लालध्वज सुबेदी, राष्ट्रिय अनुसन्धान जिल्ला शाखा कार्यालय इलामका प्रमुख पुष्पनारायण दाहाल, इलाम नगरपालिका कार्यलय इलामका प्रमुख प्रशासकिय अधिकृत  कालिबहादुर भुजेल, इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष ईश्वरलाल चिपालु, र प्रहरीको सम्युक्त्त उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार