माङसेबुङमा कोरोनाबाट बच्च उच्च सर्तकता

  बालकृष्ण बस्‍नेत  223 पटक हेरिएको

माङसेबुङ : माङसेबुङ गाउँपालिकालो कोरोनाभाइरस (कोभिड १९) बाट बच्न उच्च सतर्कता अपनाएको छ ।

गएको शुक्रबार बसेको सर्बपक्षीय बैठकले माङसेबुङमा लाग्दै आएका सम्पूण हाटबजार, मेला तथा धार्मिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा बसेको बैठकले माहामारीको समयमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्य बढाउने सम्पूर्ण उद्योग, पसल तथा बजारहरूको अनुगमन गर्ने निर्णय भएको छ ।

जिल्लाका विभिन्न स्थानमा सङ्क्रमण दर बढिरहेकाले बाहीरबाट आउने व्यक्तिको पहिचानका लागि टोल विकास समिति गठन गर्नुका साथै स्वास्थ्य अवश्थालाई मध्यनजर गर्दै माङसेबुङ ३ स्थित जिवनज्योति आधारभूत विद्यालयमा गाउँपालिका स्तरीय क्वारेन्टाईन बनाउने निर्णय भएको प्रमुख प्रसकिय अधिकृत डिल्लिरा सुवेदीले जानकारी दिए ।

Top of Form

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार