नेपाल लाइफ इन्स्योरेन्स फिदिम शाखाद्वारा मृत्यु दाबी भुक्तानी

 

 

इलाम : नेपाल लाइफ इन्सोरेनस फिदिम शाखाले गत वर्षको मंसिरमा मृत्यु भएका फिदिम नरपालीकाका–४ एक व्यक्तिको मृत्यु दावी भुक्तानी गरेको छ ।
फिदिम नगरपालिका–४ का मणी मट्टराईको गत वर्षको मंसिर ३० गते मृत्यु भएको थियो ।

मृतक भट्टराईले २०७४ साल माघ १४ गते १० लाखको नौलो जीवन विमा गरेको र सोहि अनुरुप ३ किस्ता विमा शुल्क जम्मा समेत गरेका थिए ।

इन्सोरेन्स फिदिम शाखा प्रवन्धक पदमप्रसाद रिजालका अनुसार मृतक भट्टराईका बुबालाई ११ लाख पन्चानब्बेहजार रुपैयाँ प्रदान गरिएको हो । भुक्तानी गरिएको रकम मध्ये १० लाख दावी भुक्तानी रकम, त्यस्तै वोनस रकम वापत १ लाख पन्चानब्बे हजारसमेत गरि जम्मा ११ लाख पन्चानब्बेहजार रुपैया हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

मृतकका बुबा मेदनी प्रसाद भट्टराईको घरमा पुगेर एनएमबी बैंकको चेक हस्तान्तरण गरिएको रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार