नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु

  नयाँ बुलन्द
259 Shares

कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

सोही अवधिमा १२ हजार ५ सय ९७ जनाका पीसीआर र ९ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ९ सय २८ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये ३ सय ३७ जना आईसीयूमा र १ सय ७ जना भेन्टिलेटर छन् ।

आज देशभर ८ सय ८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् । देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार