इलाम : पछिल्लो समयमा देशका ठुलो राजनीतिक पार्टी गैरजिम्मेवारी बन्न थालेको आरोप लगाउँदैै जनता समाजवादी पार्टी ,नेपालमा प्रवेश गर्न थालेका छन् ।
देशभर जसपाको पार्टी सुदृढीकरण अभियान अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका-७ मौनाबुधुकको वडा पुनर्गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पुनर्गठित समितिमा अध्यक्ष तारानन्द चेम्जोङ ,उपाध्यक्ष खड्ग बहादुर चेम्जोङ ,सचिव गणेश चेम्जोङ ,सह-सचिव शुक्रराज चेम्जोङ ,कोषाध्यक्ष सरिता तुम्सा चेम्जोङ
सदस्यहरु धनकुमार लिम्बु,प्रतिमा लिम्बू,सुर्य लिम्बू, सुकबिर लिम्बू,दुर्गा लिम्बू,काजी चेम्जोङ,सुक्रमाया याम्फु,भुमिका लिम्बू, करुना लिम्बू रहेका छन् ।
जसपा लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यमा प्रशिक्षण तथा समिति गठन सम्पन्न भएको पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान समिति उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।
उक्त कार्यक्रममा पार्टीका नेता गणेश चेम्जोङ,यज्ञकुमारी ईवा लिम्बू,धनकुटा जिल्लाका नेता केजि चेम्जोङ, जिल्ला सल्लाहकार राजकुमारी लावती, चौबिसे गाउँपालिका अध्यक्ष दिवा चेम्जोङ, लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा चौबिसे ईन्चार्ज जीवन चावा याम्फु,लिम्बुवान मुख्य सचिव केदार धिमाल लगायतले नव गठित समितिलाई सफल कार्यकालको शुभकामना सहितको मन्तव्य राखेका थिए ।
स्थानीय युवानेता भुपाल चेम्जोङले संचालन गरेको कार्यक्रम चौबिसे- वडा नम्बर ७ का वडा अध्यक्ष तारानन्द चेम्जोङको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा अन्य पार्टीका दर्जनौं कार्यकर्ता समेत जसपामा प्रवेश गरेको केन्द्रिय सदस्य लावतीले बताए ।