इलाम सहित प्रदेश-१ मा २ सय ५६ जना कोरोना संक्रमित थपिए

मुलुकभर ४ हजार ८९७ जना नयाँ कोरोना संक्रमित, १७ को मृत्यु

  नयाँ बुलन्द
42 Shares

विराटनगर । प्रदेश १ मा वुधबार २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१, ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ ।
प्रदेश १ मा वुधवार ८४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८३४ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

१३ हजार ८७९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ जना र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७३ संक्रमित निको भए, १७ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७५ सय ७३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ७३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८३४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ४५ हजार ९६८ जनाको पीसीआर÷एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार