
इलाम : नेपाल बिद्यार्थी संघ इलाम मरब क्याम्पस शिक्षा शास्त्र संकायद्धारा निशुल्क मास्क तथा सेनिटाइजर बितरण गरेको छ । मंगलबार क्याम्पसका बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजर बितरण गरिएको हो ।
बढ्दै गएको कारोना महामारीका कारण १५ सय मास्क र ५ लिटर सेनिटाइजर बितरण गरिएको शिक्षा संकाय संयोजक कैलाश बस्नेतले बताए ।
कार्यक्रममा नेवि संघ इलामका कार्यबाहक अध्यक्ष प्रकाश भट्टराई क्याम्पस प्रमुख दिलनाथ फुएल र ने बि सघ मरब क्याम्पस उपाध्यक्ष किरण कटुवाल लगायतले सो कार्यको प्रशंसा गरेका थिए ।
कोरोनाको उच्च जोखिम बढेपछि क्याम्पस तथा बिद्यालयहरु बन्द गर्न सरकारले आग्रह गरिसकेको छ ।
क्याम्पस बन्द हुने भएकाले बन्द हुनु अगाबै कोरोनाबाट बच्न स्वास्थ्य सामाग्री बितरण गरिएको बताइएको छ । कार्यक्रम ने बि सघ इलाम अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।






















































