जन्म दिनको अवसरमा पूर्व सचिव उपाध्यायद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

  नयाँ बुलन्द  113 पटक हेरिएको

 

इलाम : नेपाल सरकारका पूर्व सचिव ई.भिम उपाध्यायले सरकारबाट पाउने एक महिनाको पेनसन महाबिर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नु भएको छ।

उहाँले आफ्नो जन्मदिनको अवसरमा उक्त रकम हस्तान्तरण गर्नु भएको छ।आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयो।

वहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ ‘आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप तथा बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता इनोभेशन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार