इलाम : जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले माहामारीको रुप लिईरहेको कोरोना भाईरस बाट बाच्नकालागी “अनिवार्य माक्सको प्रयोग गरौ “ अभियान शुरु गरेको छ ।
केही दिन यता निरन्तर वृद्धि भइरहेको दोस्रो लहरको कोभिड -१९ को संक्रमणबाट सवारी चालक सहित यात्रु र पैदल यात्रीलाई सुरक्षित बनाउने उदेश्यका साथ अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय इलामका प्रमुख योगेन्द्र कुमार दाहालले बताए ।
मास्क देखाउनको लागि होईन,संक्रमणबाट बच्न लगाउने हो तसर्थ हेलचेक्राई नगरौं भन्ने आव्हान सहित हरेक सडक र चोकमा आवातजावत गर्ने मानिसहरुलाई अनिवार्य मास्क लगाएर हिंड्न सचेत गराउँदै “तपाईंको मास्क खोई ?” सहितका जनचेतना मुलक सन्देश प्रकासन / प्रसारण गरेर सचेत गराउन थालिएको हो ।
कार्यालयले सञ्चालन गरेको यस अभियानलाई सहयोग गर्न र सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
सुरक्षा निकायले शुरु गरेको यस अभियानमा संवेदनशिल बन्ने हो भने कोभिड-१९ को आक्रमणबाट बच्न सकिने नागरिकहरुको बुझाइ छ । मगलबार जिल्ला भर ५०० बडि नागरिकहरुलाई माक्स बितरण गर्नुका साथै कोरोनाबाट कसरी बाच्ने भन्ने विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । 
























































