फिदिममा नेकपा माओवादी केन्द्रको पार्टी प्रशिक्षण तथा समिति गठन

  नयाँ बुलन्द  232 पटक हेरिएको

 

पाँचथर : फिदिम नगरपालिका -७, रानिटारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टी प्रशिक्षण साथै नयाँ समिति गठन गरेको छ ।

पछिल्लो राजनीति घटनाक्रम पछि माओवादी केन्द्रले देशभर पार्टी सुदृढीकरण तथा पुनर्जागरण कार्यक्रम शुरूवात गरेसंगै फिदिम नगरपालिकाको वडा नम्बर ७ मा पनि अगुवा कार्यकर्ता प्रशिक्षण सहित बलबहादुर राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ समिति गठन गरेको नगर सचिव विरेन्द्र बाँस्कोटाले जानकारी दिए ।

पार्टीका १ नम्बर प्रदेश समिति सदस्य हर्क नेम्वाङ (मिक्सो) को प्रमुख आतित्यमा सम्पन्न कार्यक्रमा रमेश बाँस्कोटाको संयोजकत्वमा २३ सदस्यीय युवा समिती समेत गठन गरिएको छ । समितिको सह-संयोजक,सचिव र कोषाध्यक्षमा क्रमशः नरेन्द्र गुरुङ,राजेश राई र कमल नेम्वाङ रहेका छन् ।

कार्यक्रममा पार्टीका फिदिम नगर समिति इन्चार्ज राधाकृष्ण न्यौपाने,सहइन्चार्ज लाल बहादुर गुरुङ,एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथरका उपाध्यक्ष ज्ञानाथ बाँस्कोटा सोही वडाका सदस्य भाइकुमार नेम्वाङ,अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य प्रदिप बाँसकोटा लगायतले नव गठित समितिलाई सफल कार्यकालको शुभकामना सहित मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार