इनपामा आँखा अस्पताल शिलान्यास

मेयर बस्नेतले आँखा दान गर्ने घोषणा

  नयाँ बुलन्द
140 Shares

इलाम  : इलाम नगरपालिकाले आँखा अस्पताल निर्माणको काम शुरु गरेको । इलाम नगरपालिका वडा नं. ९ मा निर्माण हुने अस्पतालको सोमबार नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्माङले शिलन्यास गरेसँगै निर्माण प्रक्रिया अघि बढेको हो । असार १५ सम्ममा निर्माण सम्पन्न गर्नेगरी शुरु भएको उक्त अस्पताल ५० लाख लागतमा निर्माण हुने उक्त भवन ६ कोठा रहेको र छाना जस्ताको निर्माण हुने इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाइले बताए ।

अस्पताल निर्माण भएसँगै इलामका जनताले आँखा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने प्रमुख बस्नेतले बताए । उनले भने ‘अस्पताल निर्माण मात्र होईन यसलाई सञ्चालनका क्रममा आँखा सम्बन्धी सबैखाले सेवापनि सञ्चालन गर्ने गरी अघि बढ्ने छ ।’  नगरपालिकाले अस्पताल सञ्चालन ऐन निर्माण गरि अस्पताल व्यवस्थापन समितिमार्फत निर्माण र सञ्चालन गर्ने भएको हो ।

शिलान्यास कार्यक्रमकै अवसरमा इलाम नगरपालिका प्रमुख श्री महेश बस्नेतले आफ्नो निधन भएपछाडी इलाम आँखा अस्पताल आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार