भेरी अस्पतालमा विशेषज्ञ चिकित्सककाे अभाव

  नयाँ बुलन्द  53 पटक हेरिएको


भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थपिने

काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय गरेको छ ।

बिरामीको चाप अत्याधिक भएपनि चिकित्सक र स्वास्थ्यकर्मीको संख्या निकै कम भएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेको अस्पताल विकास समितिले जनाएको छ ।

मन्त्रालयले तीन महिनाका लागि १० जना मेडिकल अफिसर, २ जना नर्सिङ अधिकृत, ३ जना एनेस्थेसियोलोजिस्ट, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना थप्ने अख्तियारीको निर्णय गरेर पठाएको जनाइएको छ ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोसन न्यौपानेको टोलीलाई अवस्था बुझ्न नेपालगञ्ज पठाएको थियो ।

तत्काल जनशक्ति र शैया थपेर उपचार शुरु गर्ने हो भने कोरोनाका बिरामीको उपचारमा धेरै सहजता आउने अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार