उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीको ज्यादती, पत्रकारको मोबाइल र क्यामरा खोसियो

  नयाँ बुलन्द  98 पटक हेरिएको

काठमाडौँ : उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरेको हो । क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका डेक्स सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।

डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।

उच्च अदालतअले सरकारलाई पत्रकारलाई समाचार लेखेकाइ भरमा पक्राउ नगर्नु भन्ने आदेश दिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार