‘मुक्कुमलुङ’ को पुनर्स्थापनाका लागि आमसभा

  नयाँ बुलन्द
665 Shares

ताप्लेजुङ : किरात याक्थुङहरुको धार्मिक तथा सांस्कृतिक भूमि मुक्कुमलुङको पुनर्स्थापना गर्न शनिवार मुक्कुमलुङको आगनमा वृहत आमसभा गरिएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात लिम्बु समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी धार्मिक तथा सस्कृतिक अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्छ,केबुलकार कुनै हालतमा ल्याउनु हुदैन भन्ने कुरा कन्चनजंगा विकास समितिको अध्यक्ष खगेन्द्र फेम्बुले बताए । सरकार र केहि ठेहि ठेकेदारहरुले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनाले वन विनाश मात्र होइन सिंगो प्रकृतिको दोहन गरी रहेको कुरा मुक्कुमलुङ वचाउ संधर्ष समितिका सल्लाहकारसरु सिङगोकले बताए। ‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन,हामी विकासको विरोधी होइन,अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पुरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरे ।

उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक अतिक्रमणविरूद्ध मुक्कुमलुङ वचाउ संधर्ष समितिका संयोजक श्री लिङखिमले घोषणा पत्र वाचनसमेत गरेका थियो ।मुक्कुमलुङ बचाउ अभियान्ता मुक्कुमलुङलाई मुक्कुमलुङनै राख्नु पर्छ पाथिभरा नाम राख्नु भनेको सस्कृतिक तथा धार्मिक अतिक्रमण गरीनु हो भन्ने कुरा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमले वताए । उनले मुक्कुमलुङ वचाउन सिंगो संस्थाले ऐक्यबद्धता जनाउदै जुनसुकै आन्दोलन गर्न तयार हुने कुरा बताए। दिलेन्द्र कुरुम्बाङले याक्थुङ लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए ।

जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए । ‘लिम्बू जातिको पुस्तौं पुस्तादेखि बसोबास रहेको मुक्कुमलुङ क्षेत्रको पहिचान र सस्कृतिक नै अर्को बनाइएको छ,’ राम मादेनले भने, ‘पाथी,पाथीभरा र हिन्दुजन्य नामहरुसंग जोडेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको कुरा डाक्टर अमर तुम्माङहाङले बताए । कार्यक्रममा बोल्दै आदिवासी जनजाति साहि्यकार तथा लेखक महासंघको केन्द्रिय सहकोध्यक्ष साङसेन पन्धाकले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको थातथलो र पहिचान नामेट पार्दै आएको बताए ।मुक्कुमलुङ लिम्बुहरुको मात्र होइन सारा आदिवासीहरुको प्रकृतिक तथा सास्कृतिक धरोहर हो भने। यस्तै आदिवासी जनजाति साहित्यकार महासंघ लिम्वुवान राज्य समितिका संयोजक मधु केरुङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे ।

डाक्टर कमल तिगेला खेवा द्वारा मुन्धुम वाचन गरी साम्याङवा चुवा,युप्पावा चुवा,सिदाङगेवा चुवाले सेसेसाङसाङ गर्दै कार्यक्रमको थालनी गरे।स्थानीय कलाकारहरुले कार्यक्रममा केलाङ पनि प्रस्तुत गरेका थिए।मुक्कुमलुङलाई सेक्क्रट साइटको घोषणा गर्दै लेखक तथा सास्कृतिक अभियान्ता नन्द कुन्दङवाले कार्यक्रमको समापन गरे।उक्त कार्यक्रमको सञ्चालन सरोज कङलीबाले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार