हिमाली क्षेत्रको पदयात्रा/धार्मिक यात्रामा लाग्ने अस्थाई रोग

  निनाम कुलुङ 'मंगले'  99 पटक हेरिएको

अलि अघिसम्म हिमाली क्षेत्रको पदयात्रा वा धार्मिक यात्रामा जाने कतिपय मानिसहरु स्वास्थ्य सम्बन्धी सामान्य सावधानी पनि नअपनाएको कारण बिमारी पर्ने र कतिपयको चाहिँ मृत्यु नै हुने गरेको थियो÷छ । खास ३ हजार मिटरभन्दा बढी उचाईमा पुगेपछि उच्च हिमाली क्षेत्रमा लाग्ने रोगका लक्षणहरु देखा पर्न थाल्छन् । हुन त यो रोग अस्थाई हो । तर, कसै—कसैलाई मात्र यो लाग्छ । स्मरणीय के छ भने, यो रोगले च्याप्दा–च्याप्दै रोगीले ढाटेर वा जबरजस्ती अझ माथि जान खोजेमा त्यो व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले पर्वतारोहण वा पदयात्रा क्षेत्रमा तीन हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा ३०० मिटरभन्दा माथि क्याम्प गर्नु हुँदैन वा हिँड्नु हुँदैन ! भन्ने मान्यता रहेको छ । जति माथि गयो, उति अक्सिजनको मात्रा कम हुँदै जाने भएकोले छिटो—छिटो उचाईमा जानु हुँदैन । त्यस्तै न्यानो कपडाको अभावमा, पानी कम पिउनु खानामा कमजोरी आदिका कारणले पनि तीर्थयात्री वा पदयात्रीहरु बिरामी पर्न सक्ने सम्भावना रहन्छ । स्मरणीय छ, समुन्द« सतहमा शतप्रतिशत अक्सिजन पाईन्छ भने जति माथि गयो, उति अक्सिजनको मात्रा घट्दै जान्छ ।

ट्रेकिङ क्षेत्रको मानिसहरुले छिटो बुझ्ने भाषामा भन्नु पर्दा ‘हाई अल्टिच्युड सिकनेस’बाट बच्नलाई यो रोगका लक्षण देखा पर्ना साथ बच्ने उपाय गरिहाल्नु पर्छ । यो रोगको लक्षणहरुमा वाकवाक लाग्नु, टाउको दुख्नु, थकाईको अनुभव गर्नु, हिँड्दाहिड्दै निन्द«ा लाग्नु, एक वस्तुलाई दुई वा त्यो भन्दा बढी देख्नु (डबल भिजन), हिँड्दा खुट्टाले ठीक ठाउँमा टेक्न नसक्नु ,जाँडले मातेर लड्खडाउँदै हिँडे जस्तो हिँड्नु आदि हुन् । यस्ता स्वास्थ्य समस्याबाट बच्न सर्व प्रथम न्यानो लुगा लगाउने, पानी प्रशस्त पिउने, बिस्तारै हिँड्ने, सकेसम्म र भेटेसम्म तातो झोल पदार्थ धेरै पिउने गर्नु पर्छ । मुख्य कुरो चुरोटको धुवाँ तथा गन्धले पनि धेरै असर गर्ने भएकोले चुरोट नखानु र यसको गन्धबाट बच्नु पर्छ । हिमाली क्षेत्रमा जाँदा कसै–कसैलाई दिमागमा पानी जम्ने हाई एल्टीच्युट सेरेब्रल एडेमा÷एडमा ‘हेस’ र फोक्सोमा पानी जम्ने हाई एल्टीच्युड पुल्मोनरी एडेमा÷एडमा ‘हेप’को समस्या देखिन सक्छ । हेसको लक्षणहरुमा खप्नै नसक्ने गरी टाउको दुख्नु, बान्ता हुनु, जिऊ सन्तुलित नहुनु, दिमागले ठीक ढंगले काम नगर्नु, एक वस्तुलाई एकभन्दा बढी देख्नु, बेहोस् हुनु आदि हुन् भने हेपको लक्षणहरुमा आराम गरेको वेलामा पनि श्वास बढ्नु, बेस्सरी खोकी लाग्नु, खोक्दा दिमाग नै थर्के जस्तो महसुस गर्नु, छातीमा घ्यार—घ्यार आवाज आउनु, शरीर सुन्निनु, हात–खुट्टाका औँला र नङहरुमा निलोपना देखिनु आदि मुख्य हुन् । त्यस्तै अत्यधिक चिसोले कठ्याङ्ग्रिनु, स्नो ब्लाइन्डनेस (आँखा नदेख्नु), हिउँले आँखा खानु, बान्ता हुनु, झाडा—पखाला लाग्नु, आकस्मिक रुपमा चोटपटक लाग्नु आदि अरु स्वास्थ्य समस्याहरु हुन् । उल्लेखित रोगहरु मध्ये हेसको रोकथामका लागि कम उचाईमा झर्नु पर्छ र पोर्टेबल च्याम्बर (ग्यामो ब्याक) ९एबअ नबmय दबन० प्रयोग गर्नु पर्छ । साथै आवश्यक औषधी पनि खानु पर्छ । बिरामी बेहोस छ भने इन्जेक्सन पनि लगाउन सकिन्छ ।

त्यस्तै हेपको रोकथामको लागि पनि कम उचाइमा झर्नु पर्छ, अनि बिरामीलाई उत्तानो पारेर सुताउनु पर्छ । त्यसपछि ग्यामो ब्याग प्रयोग गर्नु पर्छ । यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बन डाईअक्साइड बाहिर जान्छ । सिकिस्त विरामीलाई ५—६ सेकेन्डको अन्तरमा पम्प गरिरहनु पर्छ भने एकजनाले बिरामीलले बोल्न सक्छ कि सक्दैन ? भनेर हेर्दै गर्नु पर्छ । बिरामीले अवस्था हेरी १५—२० मिनेटमा नै बोल्न—हाँस्न थाल्छ । सिकिस्त बिरामी भए ३—४ घण्टा पनि लाग्न सक्छ । त्यस पछि बिरामीलाई जति सक्दो तल (कम उचाइमा) झार्नु र्छ । बिरामीलाई आराम गराउने, पानी प्रशस्त (दैनिक ४—५ लिटर) खुवाउनु पर्छ । पानी खान नमानेमा झोल खाने कुरो प्रशस्त दिनु पर्छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन दिनु पर्छ ।

नेपालमा हरेक वर्षको जनै पूर्णीमाको आसपासमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा) दुधकुण्ड (सोलुखुम्बु), पाँच पोखरी (सिन्धुपाल्चोक), (लमजुङ), सभाया पोखरी (संखुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा धार्मिक उदेश्यले तीर्थ यात्रीहरु भ्रमण गर्न जाने गरेका छन् । जुन क्षेत्र वा धार्मिकस्थलहरु नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित छ । यसरी विगतमा हिमाली क्षेत्रमा रहेका तीर्थस्थलहरुमा धार्मिक उद्देश्य बोकेर जाने कतिपय तीर्थयात्रीहरु प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी, र सुरक्षित बासस्थानको अभावमा अनेकौँ सास्ती खेपिरहेका हुन्थे । यी मध्ये कतिपयको त मृत्यु पनि हुन्थ्यो । हुन पनि हिन्दु धर्मावलम्बीहरुको मान्यताअनुसार पवित्र तीर्थस्थल र देवदेवीहरुले वास गरेको धाम जाँदा खाली खुट्टा जानु पर्छ ! भन्ने भनाइ वा मान्यताअनुसार पनि धेरैको खुट्टाका औलाहरु अत्यधिक चिसोले कठ्याङ्ग्रिने र रगतसमेत जम्ने हुन्छ । हुन पनि त्यो वेला अधिकांश तीर्थ यात्रीहरुले न्यानो लुगाको समेत व्यवस्था गर्दैन थिए । साथै तागतिलो खानामा ध्यान नदिने पनि उत्तिकै थिए ।

स्मरण रहोस्, धेरै उचाईमा जाँदा जोहो गर्नु पर्ने पहिलो प्राथमिकता नै लत्ता–कपडाको हो । त्यसपछि खाना शत्तिवद्र्धक हुनु अर्को आवश्क्ता हो । साथमा दुखाई कम गर्ने, घाउ सफा गर्ने, कीटाणु मार्ने झोल वा क्रिम, सामान्य औषधीका साथै घाऊ, चोट–पटकको लागि पट्टी, टेप, प्लास्टर आदि पनि बोक्नु राम्रो हुन्छ । अनि कपास, कैँची, चिम्टा, ज्वरो नाप्ने यन्त्र, सियो, अक्सिजन सिलिन्डर, ग्यामो ब्याग, पञ्जा आदिको पनि व्यवस्था गरे झनै राम्रो हुन्छ । खाने औषधिहरुमा डायमक्स २५० मि.ग्रा.को कम्तीमा ३ दिनलाई ६ ट्याब्लेट, डेक्सा मेथासन ८ वा ४ मि.ग्रा. को आवश्यकताअनुसार र, बोनिफेडिपिन पनि प्रयोग हुन्छ । तर यस्ता औषधि डाक्टरले भने बमोजिम मात्र प्रयोग गर्नु पर्छ । एस्प्रिन दुखाई कम गर्न प्रयोग गरिने भए तापनि यो औषधि पेटको अल्सर हुनेले खानु हुदैन । टाउको दुखेमा सिटामोल खान उपयुक्त हुन्छ । यसले ज्वरो पनि कम गर्छ । ब्रुफिन दमको रोगी र पेटको अल्सर भएकोले खानु हुदैन । धेरै पीडा भए डाक्टरको सल्लाहअनुसार कोडीन पनि प्रयोग गर्न सकिन्छ । उल्लिखित औषधीहरु मध्ये ‘डायमक्स’ सकेसम्म नखानु राम्रो हुन्छ, यदि खएमा प्रशस्त (दैनिक ४—५ लिटर ) पानी पिउनु पर्छ, नत्र पछि गएर मृगौलालाई असर पु¥याउने सम्भवना हुन्छ । यो औषधी पुरै मात्रामा प्रयोग गर्नु पर्छ, नत्र दीर्घकालसम्म असर पु¥याउने ठूलो सम्भावना हुन्छ । यी उल्लिखित सबै नभए तापनि र कम्तीमा टाउको दुखेको र ज्वरोको लागि सिटामोल अनि र वान्ता र झाडा पखालाको लागि उपयुक्त औषधि बोक्नु राम्रो हुन्छ ।

जे होस्, ट्रेकिङ क्षेत्रमा हाल आएर हाई अल्टिच्युड सिकनेसकै कारण मान्छे मर्ने क्रम धेरै हदसम्म रोकिएको छ । किनभने, विगत लामो समयदेखि ट्रेकिङ क्षेत्रमा यस सम्बन्धी वेला—वेलामा नेपाल हिमालयन उद्धार संघ (एचआरए) लगायतका संस्थाले ट्रेकिङ स्टाफ र भरियाहरुलाई तालिम दिने, गोष्ठीमा सहभागी गराउने गर्दै आएका छन् । अधिकांश ट्रेकिङ एजेन्सीहरुले भरिया र स्टाफहरुको पनि हेलिकप्टर बिमा गर्न थालेका छन् । जस गर्दा उनीहरुलाई तत्काल उद्धार गरी काठमाण्डौ वा अन्य सुरक्षित स्थानसम्म तत्कालै उपचारार्थ ल्याउन सकिन्छ । खासमा प्रायः ट्रेकिङ कम्पनीहरुले उच्च क्षेत्रमा टे«किङ गर्न जाँदा ’ग्यामो ब्याग’ लगेका हुन्छन् । अल्टिच्युटको कारण सिकिस्त भएका बिमारीलाई त्यसभित्र राखी बाहिरबाट प्रत्येक ५—५ सेकेन्डमा पम्प गरिन्छ । बिरामीलाई पम्प गर्दा क्रमशः ५०, १००, २००, ३००, मिटर गर्दै तल्लो भेगको अल्टिच्युटमा ल्याईन्छ । त्यसपछि बिरामी पहिलेकै जस्तो तन्दुरुस्त अवस्थामा पुग्छ । तर यो अस्थाई उपचार हो । त्यसपछि बिरामीलाई जति सक्दो चाँडै तल झार्नु पर्छ । यदि हेलचेंक्रयाईँं गरेमा बिरामीको आँखा, हात—खुट्टाजस्ता कुनै पनि अङ्ग सधैलाई काटेर फ्याक्नु पर्ने पनि हुन सक्छ ।

जस्तो कि, सन् २००३ मा तिब्बती मोहडाबाट आठ हजार २०१ मिटर अग्लो चो–ओ–यु हिमाल आरोहण गर्न अष्ट्रेलियन ग्रुपसँंग गएका संखुवासभा जिल्लाको पाङ्मा गाउँका युद्धवीर लोहोरुङलाई उदाहरणको रुपमा लिन सकिन्छ । उनले सात हजार ५०० मिटर (अन्तिम क्याम्प—३) मा ग्रुपलाई क्लाइम्बिङ गियर लगाई दिनका लागि आफ्नो पञ्जा फुकाउँदा दाहिने हातको साहीँली औँलाको टुप्पो फ्रस्ट बाइट भएको र हालसम्म पनि निको भई नसकेको बताउँछन् । त्यस्तै विश्वकै आठ हजार मिटरभन्दा अग्लो हिमाल पहिलो पटक (८ हजार मिटर अग्लो अन्नपूर्णको प्रथम) आरोहण गरेका फ्रन्सका पर्वतारोही माउरिस हर्जोगको पनि अन्नपुर्ण—१ चढेर फर्कने क्रममा ’फ्रस्ट बाइट’ भएपछि एउटा हातको पूरै पञ्जाहरु काट्नु परेको थियो ।

ninamkirat123@mail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार