इलाममा याक्थुङ शिक्षक मञ्च गठन

  स्पर्श अतित  407 पटक हेरिएको

इलाम : लिम्बू शिक्षकहरुकाे ऐतिहासिक प्रथम भेलाबाट ३५ सदस्यीय याक्थुङ शिक्षक मञ्च गठन भएकाे छ । इलामकाे देउमाई नरपालिका मंगलबारेमा सम्पन्न शिक्षकहरुकाे ऐतिहासिक भेलाले बाई बी याेङहाङकाे अध्यक्षतामा तदर्थ समिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षहरुमा तिलबिक्रम सुब्बा र हर्कमाया लिम्बू चयन भएका छन् । सचिवमा सुरेश याेङहाङ, सहसचिवमा बाेलकुमारी लिम्बु र काेषाध्यक्षमा काजीमान एक्तेन चयन भएका छन् ।
 समितिका सदस्यहरुमा हरि आङदेम्बे, सुनिल याेङहाङ, याम बहादुर लिम्बू, कल्पना लिङदेन (माङसेबुङ), प्रेम राज फियाक, प्रेमराज जवेगु, पम्फा देवी एक्तेन, राजकुमार थेवे, सुर्य प्रसाद थेवे, धन बहादुर फियाक, रिमा माखिम, गाेविन्द याेङहाङ, जगत याेङहाङ, सागर लिम्बु, खेमराज आङ्बाे, मिशाल लिम्बू, राम एक्तेन, सुाेविन्द्र आङदेम्बेे, भिम लिम्बू, सन्त कुमार आङदेम्बे, नुुमा लाेक्ताम, शर्मिला लिम्बू, आइतराज थेबे, याम बहादुर साउदेन, लाख बहादुर लिम्बू, भिम कुमारी लिम्बू, मखान सिङ लिम्बु लगायत रहेका छन् ।
भेलालाई प्रमुख अतिथि देउमाई नगरपालिकाका प्रमुख सूर्य पाेख्रेलले सम्बाेधन गरेका थिए ।  भेला आयाेजक समितिका संयाेजक वाई बी याेङहाङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम सुरेश याेङहाङकाे सञ्चालनमा भएकाे थियाे । कार्यक्रममा प्रमुख प्रमुख अथिति सहित सेवानिवृत्त वरिष्ठ शिक्षक सि बी याेङहाङ, याेङहाङ समाज इलामका अध्यक्ष पञ्च याेङहाङ  लगायतकाे मन्तव्य रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रेमराज फियाकले राखेका थिए ।
गठित तदर्थ समितिले मञ्चकाे वैधानिक दर्ता, अधिवेशन चाँडै सम्पन्न गर्ने नवगठित संयाेजक याेङहाङले बताएका छन् । मञ्चे  शिक्षकहरुको ट्रेड युनियन अधिकार, पेशागत ज्ञान, सीप, चेतनाको विकास गर्न,  गुणस्तरीय शिक्षाको लागि शैक्षिक वातावरणलाई विशुद्ध सिर्जनात्मक तुल्याउन प्रयत्नशील रहने,  शिक्षासम्बन्धी संबैधानिक हक, अधिकार, प्राप्तिको लागि सदैव क्रियाशिल रहिरहने, उद्देश्य राखेकाे छ ।
त्यस्तै  त्रैभाषिक शिक्षा नीति लागू गर्नको लागि पहल गर्ने,  सम्पूर्ण लिम्बू शिक्षकहरुको शैक्षिक, बौद्धिक, नैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि निरन्तर प्रयत्नशिल रहने, शिक्षाको पहुँच गुणस्तर निर्माण र कुशल व्यवस्थापनको लागि शिक्षक र स्थानीय समुदायसँग सहकार्य गर्ने,  मानवअधिकार एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता संस्कृतिको स्थापना संरक्षण र संम्बर्द्धन गर्न प्रतिवद्ध रहने,  लिम्बू समुदायको आर्थिक सामाजिक, भाषिक, धार्मिक लगायत सम्पूर्ण पक्षको विकास गर्न लिम्बुजन्य संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ लिम्बू विद्यार्थी मञ्च लगायत लिम्बूजन्य संघ संस्थासँग सहकार्य समन्वय गर्दै अघि बढ्ने रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार