समयमै उपचार नपाउँदा इलाममा एक महिलको मृत्यु , अस्पताल प्रशासन भन्छ कर्मचारी अभावले सेवा दिन सकिएन

इलाम :  समयमा उपचार नपाउँदा इलाममा एक महिलाको अकालमा ज्यान गएको छ ।

देउमाई नगरपालिका ६ शान्तिडाँडा स्थायी ठेगाना भई हाल इलामनगरपालिका ७ मा बसोबास गर्दै आएकि  ३७ बर्षिया कमला सुबेदीको मृत्यु भएको हो ।

अकास्मात पेट दुखेपछि उपचारका लागि उनलाई बिहीबार बेलुका आठ बजे इलाम अस्पतालमा भर्ना गरीएको थियो ।

अस्पतालमा ल्याएपछि चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए । उनको रगत परिक्षण गर्दा रगतमा समस्या देखिएको अस्पतालले जनाएको छ । तर कर्मचारीको अभाव देखाएर इलाम अस्पतालले रातको समयमा भिडीयो एक्सरे पनि गरेन । बिरामिको स्वास्थ्यमा सुधार नभई झन् बिरामले च्यापेपछि शुक्रबार बिहान ३ बजे अस्पतालले बल्ल तल्ल रेफर गरेको थियो । त्यो पनि बिरामीका आफन्तले रेफर गरिदिन आग्रह गरेपछि ।

इलाम अस्पतालबाट रेफर भएपछि बिरामीका आफन्तले उनलाई झापाको बिर्तासिटि पुरयाएको थिए । तर उनको अस्पतालमा उपचार सुरु नभई शुक्रबार बिहान ६ बजे निधन भएको मृतकका आफन्तले बताए । सुबेदीको मृत्यु भएपछि इलाम अस्पतालले समयमै रेफर नगरेको कारण उनको मृत्यु भएको मृतकका काकी आमा यसोदा सुबेदीले आरोप लगाईन ।

इलाम अस्पतालमा मृतकका आफन्तलले बिरामीको भिडियो एक्सरे गरीदिन आग्रह गर्दा समेत रातको समयमा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिने बताएको उनिहरुले बताएका छन  । यदि अस्पतालले भिडियो एक्सरे गरेर यहाँ उपचार समभव छैन भनेर चाँडो रेफर गरिदिएको भए बिरामीको ज्यान बच्ने आफन्तको भनाई छ ।

यता इलाम अस्पतालका सूचना अधिकारी कुलबहादुर देवानले दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा रातको समयमा भिडीयो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको बताए ।

कुनैपनि बिरामीको तत्कालै अवस्था हेरेर मात्र रेफर गर्न सकिन्छ । तर बिरामी सुबेदीको अवस्था अस्पतालमा ल्याउँदा सामान्य भएकाले अस्पतालले तत्काल रेफर नगरेको अस्पतालका डाक्टर भिम चौहानले बताए ।

उता इलाम अस्पताललमा दरबन्दि अनुसारको स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रबाहमा बर्षौदेखि समस्या रहेको छ । अस्पताल प्रशासन शाखाका अनुसार बिशेषज्ञ डाक्टर सहित १४ जनाको दरबन्दी रहेपनि एकजना मात्र स्थाई बिशेषज्ञ (स्त्रीरोग) डाक्टर रहेका छन् तर उनी पनि अन्यत्र दरबन्दी भएर इलाममा काजमा रहेका हुन । यतिबेला अस्पतालमा छात्रबृत्तिमा करारका चारजना चिकित्सक रहेका छन् ।

अस्पतालमा डाक्टर र कर्मचारी गरेर ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल २७ जनामात्र कार्यरत रहेका छन् । ५० शैया क्षमताको इलाम अस्पतालमा भौतिक संरचना भएपनि डाक्टरको अभावमा इलामे नागरीकहरु उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार