
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म गरिएको २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन्।
आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि, ८१ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रदेश १ मा
पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९३२ जना सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ६६६ पुगेको छ । आज ६०२ जनाको पिसिआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
























































