वडास्तरीय फूटबल : पुरुषतर्फको उपाधि वडा नम्बर ३ र महिलातर्फको उपाधि ६ लाई

  बालकृष्ण बस्‍नेत  131 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित वडास्तरीय फूटबल प्रतियोगिताको पुरषर्फको उपाधि वडा नम्बर ३ र महिलातर्फको उपाधि वडा नम्बर ६ ले जितेको छ ।

बुधबार भएको फाइनलमा वडा नम्बर ६ विरुद्ध २-१ को कठिन जित निकाल्दै वडा नम्बर ३ ले उपाधि चुमेको हो ।

जितसँगै वडा नम्बर ३ ले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो। उपविजेता वडा नम्बर ६ले नगद २० हजार सहित ट्रफि, मेडर र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक विशाल लिम्बू,  उत्कृष्ठ खेलाडी जीदान राई, उत्कृष्ठ डिफेण्डर-रोनिस राई, सर्वाधिक गोलकर्ता योगेन्द्र राई, उदयीमान खेलाडी निर्मल राई घोषित भए । उनीहरुले नगद पुरस्कारसहित ट्रफि र मेडल प्राप्त गरे ।

त्यस्तै महिलातर्फ वडा नम्बर २ लाई १-० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन वडा नम्बर ६ ले उपाधि जितेको छ । जितसँगै वडा नम्बर ६ ले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो। उपविजेता वडा नम्बर २ ले नगद २० हजार सहित ट्रफि, मेडर र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगितामा उत्कृष्ठ गोलरक्षक सबिना राई, उत्कृष्ठ खेलाडी बिनिता राई, उत्कृष्ठ डिफेण्डर लक्ष्मी राई, सर्वाधिक गोलकर्ता सुमिका राई र उदयीमान खेलाडी सुनिता राई घोषित भइन् ।  उनीहरुले पनि नगद पुरस्कारसहित ट्रफि र मेडल प्राप्त गरे ।

माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा र प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा  माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रदिप साम्पाङ, नेकपा एमाले माङसेबुङ गाउँ कमिति अध्यक्ष हेमन्त राई, जनता समाजवादी पार्टी  प्रदेश समिति कोषाध्यक्ष विनोद नेम्बाङ लगायतको उपस्थिति थियो ।

माङसेबुङ खेलकुद विकास समितिको आयोजनामा ४ वैसाखदेखि माङसेबुङ ६ स्थित पारुहाङ खेलमैदानमा प्रतियोगिता संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार