चियाको लोगोमा सिन्डिकेट छ : नगर प्रमुख राई

  नयाँ बुलन्द  58 पटक हेरिएको

फिक्कलः इलामको सुर्योदय नगरपालिकामा एक दिने इलामको उत्पादित चियाको ब्यापार तथा निर्यात बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ इलामको आयोजनामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमूख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा उद्योग बाणिज्य संघ इलामका उपाध्यक्ष मदन श्रेष्ठले कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नु भएको थियो । उद्योग बाणिज्य  संघको स्थापना देखि हाल सम्म चियाको क्षेत्रमा गरिरहेको कामको बिवरण र चिया क्षेत्रको डाटा उद्योग बाणिज्य संघका सदस्य राम चन्द्र श्रेष्ठ देखाउनु भएको कार्यक्रममा सुर्योदय नगरपालिका भित्र रहेर चिया उद्योग संञ्चालन गर्दै आउनु भएका व्यवसायीह?,होटल व्यवसायीह?, पत्रकार लगायतको उपस्थित रहेको थियो । सुर्योदय टि प्रड्युसस एसोसिएसनका अध्यक्ष पुनम राईले चियाको वर्तमान समस्याको बारेमा जानकारी गराउँदै व्यवसायी मारमा परेको बताउनु भयो । त्यस्तै होटल एसोसिएसन इलामका अध्यक्ष देवि पौडेलले चिया र होटल एक अर्कामा परिपुरक भए पनि अहिले सम्म छलफल नभएकाले सम्बन्ध टाढा जस्तो देखिएको ,झापा र भारतको सि टि सि चिया होटलमा प्रयोग भइरहेको बताउनु भयो । सुर्योदय उद्योग बाणिज्य संघका उपाध्यक्ष टिकाराम अधिकारीले पर्यटकिय क्षेत्रह?मा  व्यापारीह?ले आफ्रनै लेवल बनाएर चिया बिक्रि गरीएकाले उद्योग ओझेलमा परेको बताउँदै स्थानिय सरकारकोको ध्यानकर्षण गराउनु भएको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले चिया बिक्री गर्न सि एफ एल को समस्याले नेपालको चियाको पहिचान नभएको,चिया निति २०५७ सालमा बने पनि लोगो सिन्डीकेटमा संञ्चालन भएकाले बताउँनुभयो । चियामा २ प्रकारका व्यवसायी होमिएको बताउँदै यस्को अन्त्य गर्न जुनसुकै अवस्थामा पनि लागी पर्ने बताउनु भयो ।इलाममा उत्पादन भएको चिया ८४ प्रतिशत भारत ७ प्रतिशत बिदेश र ९ प्रतिशत स्वदेशमा खपत हँदै आएको इलाम उधोग बाणिज्य संघको तथ्याकमा छ । इलाममा प्रसस्त चिया हुने भएता पनि झापा र भारतबाट सि टि सि चिया ल्याएर होटल , रेष्टुरेण्टमा पिउने गरिएको छ । इलाममा उत्पादन भएको बाअ‍ेक सि टि सिकोे नियन्त्रण गरि अर्थोडक्स चिया पिउने बानी बनाउन सबै एक भएर लाग्नु पर्ने सहभागीह?को जोड छ ।बाणिज्य संघले जिल्ला भरिकै ब्यावसायिह?को समस्यालाई क्षेत्र छुटाएर समस्या समाधान गर्ने अध्यक्ष चिपालुले बताउँनुभयो ।  बैक तथा बित्तिय संस्थाह?ले प्रति बर्ष बढाइरहेको ब्याजदरका कारण उधोगीह?लाई प्रत्यक्ष असर परेकाले यस सम्बन्धमा तिनै तहका सरकारसँग छलफल चलाउने ,भञ्सार आयत निर्यातमा भइरहेको समस्यालाई छलफलको माध्यमबमट सहज गर्न पहल गर्ने ,र यस्तो कार्यक्रम जिल्ला भरि गरिने अध्यक्ष चिपालुले बताउँनुभयो ।कार्यक्रम उद्योग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार