कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका फेरि परिमार्जन

  नयाँ बुलन्द
112 Shares

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं : नेपाली कांग्रेसले चार जिल्लाबाहेकका जिल्लाहरुले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण केन्द्रमा सूचीकृत गरिसक्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले चार जिल्लाबाहेकका जिल्लाहरुले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण केन्द्रमा सूचीकृत गरिसक्नुपर्ने निर्णय गरेको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहनुभएका केन्द्रीय सदस्य रमेश लेखकले सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुबाहेकका जिल्लाले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण केन्द्रमा सूचीकृत गरिसक्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कांग्रेसले अन्य जिल्लाले वैशाख १५ भित्र क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नुपर्ने भए पनि सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुलाई वैशाख ३० सम्मको सुविधा दिएको छ ।

यसअघि तोकिएको समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न नभएपछि चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो ।

त्यसअघि महाधिवेशनको कार्यतालिका तय गर्न केही महिना अघि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चैत १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

तर, निर्धारित समयावधिभित्र क्रिायशील सदस्यता वितरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण केन्द्रमा सूचीकृत नभएपछि कांग्रेसले फेरि समायावधि बढाएको हो । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक लेखकले अब निर्धारित समयावधि भित्र विवरण सूचीकृत गरिसक्नुपर्ने बताउनुभयो ।

‘१५ गते राति १२ बजे कम्प्युटरमा सिस्टम बन्द हुन्छ । त्यसपछि रोकिन्छ । यसपछि इन्ट्री हुन सक्दैन,” बैठक पछि उहाँले भन्नुभयो । संयोजक लेखकअनुसार सोमबार दिउँसो २ बजेसम्म छ लाख पाँच हजार चार सय तीन जना क्रियाशील सदस्यहरुको विवरण सूचीकृत गरिएको छ ।

जसमध्ये तीन लाख १९ हजार तीन सय ३५ जनाको सदस्यता नवीकरण र दुई लाख ८६ हजार ६८ जना नयाँ क्रियाशील सदस्य वितरणको विवरण सूचीकृत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार