दुवैतर्फको खेलमा माङसेबुङ ६ सेमिफाइनलमा

  बालकृष्ण बस्‍नेत
315 Shares

माङसेबुङ : इलामको माङसेबुङ ६ स्थित पारुहाङ खेलमैदानमा  जारी वडास्तरीय फूटबल प्रतियोगितामा महिलातर्फ माङसेबुङ ६ सेमिफाईनल प्रबेश गरेको छ ।

आइतबार भएको खेलमा माङसेबुङ ५ लाई  गोलले पराजित गर्दै माङसेबुङ ६ सेमीफाइनल प्रवेश गरेको हो । खेलमा माङसेबुङ ५ का स्वस्तिका राई उत्कृष्ठ खेलाडी घोषित भईन् ।

त्यसैगरि पुरुषातर्फ पनि माङसेबुङ ६ नै सेमिफाईनल प्रबेस गरेको छ । माङसेबुङ ५ लाई ३-२ को अन्तरमा पराजित गर्दै माङसेबुङ ६ सेमीफाइनल प्रवेश गरेको हो । खेलमामाङसेबुङ ५ कै थोमस लिम्बु उत्कृष्ठ खेलाडी घोषित भए ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल ८ वैसाखमा हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार