शहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्नुपर्ने, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

  नयाँ बुलन्द  103 पटक हेरिएको

काठमाडौं : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने निर्णय भएको छ ।

जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने समेत छलफल भएको छ । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।

भएको पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस समेत गरेको छ । नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको हो ।

सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी सन्चालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै हुने भएको छ ।

शहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्नुंपर्ने निष्कर्ष
आज बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको हो । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न मन्त्री ढकालले जानकारी दिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड—१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भने ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ’ उनले भने, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार