आगलागीका कारण धनबहादुर शेर्माको हरिबिजोक

  नयाँ बुलन्द
21 Shares

पाँचथर : पाँचथर जिल्लाको कुम्मायक गाउपालिका २ साविक वडा नम्बर १ लिसिबुङका धनबहादुर शेर्माको घरमा गत बुधबार अन्दाजी दिनको १ बजे आगलागी भएको छ । घर मुनिको जङ्गलमाबाट आएको डडेलोले उक्त घरमा आगलागी भएको शेर्माको भनाइ छ ।

धनबहादुर पनि राम्रोसँग कान सुन्न नसक्ने र उनको श्रीमति पनि प्यारालाइसिस रोगबाट ग्रसित भइ बोली नआउने जेठो छोरा र छोरी पनि मानसिक सन्तुलन समेत ठिक नभएकोले पीडित परिवारको अत्यन्तै कहालीलाग्दो बिजोग अवस्था रहेको पाचथर एफएमका मेनेजर कबिन्द्र शेर्माले जानकारी दिनु भएको छ ।

पीडित परिवारलाई नेपाल रेडक्रस शाखा कुम्मायकले लत्ताकपडाको साथमा केही राहत दिएको जनाइएको छ । पीडित परिवारलाई आर्थिक सहयोगको याचना समेत गरिएको छ ।

यसैगरी कुम्मायक गाउपालिका वडा नम्बर १ भदौरे गाउँ आसपासको जङ्गलमा पनि आज लागेको डडेलोले दुइवटा गोठ र एक सार्बजनिक चौतारो जलेर नष्ट भएको खबर प्राप्त भएको छ ।

स्थानीय नागरिकले उक्त आगलागीलाई नियन्त्रणमा लिइ सकेको कुरा पनि वडा न, १ का वडा अध्यक्ष देबेन्द्र लावतीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार