माङसेबुङमा वडास्तरीय पुरूष र महिला फुटबल प्रतियोगिता सुरु

  बालकृष्ण बस्‍नेत
581 Shares

माङसेबुङ : ईलामको माङसेबुङमा अन्तर वडास्तरीय पुरूष र महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

वडा नम्बर ६ स्थित पारूहाङ होस्टे खैलमैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा महिलातर्फ वडा नम्बर २ विजयी बन्यो । वडा नम्बर ३ लाई टाइब्रेकरमा पराजित गर्दै वडा नम्बर २ विजयी बनेको हो ।

त्यस्तै पुरुषतर्फको खेलमा वडा नम्बर ३ विजयी बन्यो । वडा नम्बर २ लाज्ञ १-० ले हराउँदै वडा नम्बर २ विजयी भएको हो ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फेले जानकारी दिए ।

प्रतियोगिता ८ वैसाखसम्म संञ्चालन हुनेछ ।

गाउँ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार