माइजोगमाई : माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको नयाँबजार स्वास्थ्य चौकीमा ल्याब सेवा सुरुवात गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच ल्याव सेवा उद्घाटन गरिएसँगै ल्याव सेवा संचालनमा आएको हो ।
गाउँपालिका कै केन्द्र समेत रहेको नयाँबजारमा ल्याब सेवा नहुँदा। समान्य ल्याब परिक्षणका लागि बिरामीहरु इलाम सदरमुकाम तथा झापाका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो । तर ल्याव सेवा संचालनमा आए सँगै बिरामीहरु सदरमुकाम तथा झापाका अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । ल्याब सेवा संचालनमा आएसँगै ब्लड ग्रुप परिक्षण, एच आइ भी परिक्षण, मधुमेहको परिक्षण, दिसा पिसाव परिक्षण लगायतका प्ररिक्षणहरुको लागि गाउपालिका बासीलाइ सहज भएको छ।
पछिल्लो समय गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल गाउपालिकाको सबै वडामा स्वस्थ्य केन्द्र तथा आधारभूत स्वस्थ्य केन्द्रको स्थापना समेत गरी स्वस्थ्य सुबिधा उपलब्ध गराएको छ । माइजोगमाइ गाउपालिकामा कोभिड अस्पताल समेत निर्माण गरिसकेको छ भने १५ बेडको सुबिधा सम्पन्न अस्पताल समेत निर्माण कार्य थालिसकेको छ ।
माइजोगमाइ गाउपालिकाको केन्द्रमा ल्याव संचालनमा आए पछि माइजोगमाई गाउपालिका बासीले मंहङ्गो गाडि भाडा तिरेर गाउपालिका बाहिर गएर स्वस्थ्य सुबिधा लिनुपर्ने बाध्यता हटेको र गाउपालिकामा ल्याव सुबिधा ल्याउन पाएकोमा आफूलाइ खुसि महसुस भएको गाउपालिका अध्यक्ष जित बहादुर राइले बताउनु भयो ।