बहाबल चारथुम बजार नयाँ स्थानमा, बुधबार औपचारिक उद्घाटन

  बालकृष्ण बस्‍नेत
406 Shares

इभाङ : नयाँ वर्षको अवसर पारेर इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ ईभाङमा पाक्षिक रुपमा लाग्दै आएको बहाबल चारथुम बजार बुधबारबाट नयाँ स्थानमा सरेको छ ।

औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको सो बजार पुरानो क्षेत्रभन्दा केही मुनि सरेको हो छ ।

स्थानीय समाजसेवी धासोरा कर्की, द्रोपदामाया खुलाल र रेवत कर्कीद्वारा निशुल्क दिइएको ४ रोपनी ८ आना जग्गामा नयाँ बजार सुरू गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाराम खुलालले जानकारी दिए ।

नयाँ स्थानमा सुरु गरिएको बजारको उद्घाटन माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुष्पराज कर्कीले गरे । उनले नयाँ व्यवस्थापनमा सुरु भएको बजारले निरन्तरता पाउनेमा आशावादी भएको बताउँदै बजार व्यवस्थापनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बजार व्यवस्थापन सतितिका उपाध्यक्ष श्यामबहादुर लिम्बू, समाजसेवी कमल कार्की र पृथ्यीमान चबेगुले समेत मन्तव्य राखेका थिए ।

सो क्षेत्रमा प्रत्येक महिनाको १ र १६ गते बजार लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार