सन्दकपुर गोल्डकप : उपाधिका लागि देउमाई र जनता सेभेन भिड्दै

  विविसी हाङखिम  271 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी सन्दकपुर गोल्डकपको उपाधिका लागि देउमाई फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।

सातखाल्डे खेलमैदानमा हुने फाइनलमा उपाधिका लागि बुधबार दिउँसो हुने फाइनलमा देउमाई र जनता सेभेन भिड्दै छन् ।

मंगलबार भएको सेमिफाइनलमा विजेता भन्दै उपाधिका लागि भिडन्तको पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा माइनगरपालिका फूटबल क्लबलाई १-० गोलले पराजित गर्दै देउमाइ फूटबल क्लबले फाइनलको यात्रा पक्का गरेको हो । आत्माघाती गोलको उपहार नै देउमाईलाई फाइनल यात्राको सहज बाटो बन्यो । दोस्रो हाफको २० औं मिनेटमा देउमाइका तर्फबाट प्रहार गरेको कर्नर बल माइनगरपालिकाका उत्सव राईको खुट्टामा ठोक्किएर गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ दी म्याच विजेता देउमाइ फूटबल क्लबका सन्जय लिम्बु घोषित भए । उनलाई सन्दकपुर गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्ब। २ का वडाध्यक्ष गिरीराज खनालले नगद २ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे ।

त्यसैगरट्ठ दोस्रो तथा अन्तिम सेमिफाइनलमा योङ्ब्वाइज स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै जनता सेभेनले फाइनलको यात्रा तय गरेको हो । दोस्रो हाफको ३१ र ३५ औं मिनेटमा जनता सेभेनका सेरुहाङ लिम्बुले १/१ गोल गर्दै टिमलाई उपाधि नजिक पुर्‍याए ।

खेलको म्यान अफ दी म्याच विजेता जनता सेभेनका सेरुहाङ लिम्बू घोषित भए । उनलाई सन्दकपुर गाउँपालिकाका प्रवक्ता खनालले नै नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले ५० हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा इलाम, झापा र पाँचथरका १४ वटा क्लबहरुको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार