दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उहाँले भन्नुभयो ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले बताउँदै एन्टिजेन परीक्षणहरु बढाएको बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिए । उनले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम देखिएको बताए ।

मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताउनु भयो । त्रिपाठीले मुख्य नाकामा १ हजार जनासम्म बस्ने होल्डिङ सेन्टर हामीले निर्माण गर्ने काम अघि बढिसकेको जनाउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार