जसपाले ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर अर्थ छैन– गगन थापा

  नयाँ बुलन्द
56 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनता समाजवादी पार्टीले मुलुकलाई धेरै अन्योलमा राख्न नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले जसपाले आफ्नो निर्णय छिटो गर्नुपर्ने बताउनुभएको हो । जसपाले नक्कली कुरा गर्न थालेको आरोप लगाउँदै थापाले छिटो भन्दा छिटो जसपाले एउटा बाटो समाउनुपर्ने धारणा राख्नुभयो ।

थापाले भन्नुभयो, ‘जसपाले धेरै घुमाउनुहुँदैन, तपाईंहरूलाई प्रधानमन्त्रीलाई समर्थन गर्नुछ भने सरकारमा जानुस्, विकल्प खोज्नुछ भने आउनुस्, आफ्नै नेतृत्वमा सरकार बनाउनुछ भने त्यो प्रस्ताव राखेर हिम्मत गर्नुस्, ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर धेरै अर्थ छैन ।’

कांग्रेसले नयाँ सरकारको लागि पहल गर्ने निर्णय गरेर बैठक समेत बोलाएको र माओवादीले पनि ओली नेतृत्वको सरकारको विस्थापन चाहेकाले अब जसपाले निर्णयलाई लम्ब्याउन नहुने नेता थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’

थापाले अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका कारणले हलो अड्केको आरोप लगाउनुभयो । जसपाले निर्णय गर्न नसक्दा सिङ्गो प्रणाली, व्यवस्था, र प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले आफ्नो पार्टीबाट गर्नुपर्ने काम सबै भइसकेकोब बताउँदै अहिलेको अवस्थामा जसपाले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार