देशभर थप ५५९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

  नयाँ बुलन्द  90 पटक हेरिएको

sharethis sharing button

देशभर थप ५५९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गर्दा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २ सय ११ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । जस अनुसार काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार