थप ३०३ जनामा कोरोना

  नयाँ बुलन्द  76 पटक हेरिएको

काठमाडौं : नेपालमा थप तीन सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३१२५ जनामा पिसिआर गर्दा ३०३ लाई कोरोना भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ११ जना, ललितपुरमा १५ जना र काठमाडौंमा १२८ गरी जम्मा १५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८ हजार २८ पुगेको छ। पछिल्लो २४ घन्टामा १४१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार