सन्दकपुर गोल्डकप : योङ्ब्वाइज र देउमाइ नगरपालिका विजयी

  विविसी हाङखिम
595 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी भएको गोल्डकपमा योङ्ब्वाइज फूटबल क्लब नेपालटार र देउमाइ नगरपालिका फूटबल क्लबले विजयी भएको गरेका छन् ।

शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा फालेलुङ फूटबल क्ल्बलाई ३-० गोल अन्तरले पराजित गर्दै योङब्वाइज फूटबल क्लबले विजयी भएको हो ।

खेलको पहिलो हाफको १८ औं मिनेटमा योङ्ब्वाइजका अनमोल राईले १ गोल गरेर टिमलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ३० औं र ३३ औं मिनेटमा लगातार २ गोल गर्दै ह्य्याट्रिक पूरा गर्नका साथै टिमलाइ ३-० को जित दिलाए ।  खेलमा सन्तोस रम्तेल म्यान अफ द म्याच घोषित भए । उनलाई देउराली बजारका बुद्धिजीवी प्रेम नाछिरिङ राइले नगद २ हजार सहित ट्रफी प्रदान गरे ।

दोस्रो खेलमा गोदक फूटबल क्लबलाई २-० गोल अन्तरले देउमाइ फूटबल क्लब बिजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको नवौं मिनेटमा राष्ट्रिय टिमका पूर्वखेलाडी कर्ण लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाए । दोस्रो हाफको नवौं मिनेटमा युवराज राइले गोल गर्दै टिमलाई जित दिलाए । खेलमा म्यान अफ द म्याच देउमाइ फूटबल क्लबका युवराज राई घोषित भए । उनलाई प्रभु बैक देउराली शाखाका प्रबन्धक रितेश श्रेष्ठलेले नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । दोस्रो चरणको दोस्रो खेल इलाम फूटबल क्लब र जनता सेभेन सुनपा बिच हुनेछ । त्यस्तै दोस्रो खेल माइजोगमाइ फूटबल क्ल्ब र माइनगरपालिका फूटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा इलाम, झापा र पाँचथरका १४ वटा क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेता टिमले नगद १ हजार १ सय ११ रुपैयाँ र उपबिजेता टिमले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल नयाँ वर्षमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार