अदुवाको मुल्य खस्किएपछि किसान मर्कामा

  पदम सुखी सम्बाहाम्फे
91 Shares

 

यासोक : पछिल्लो समयमा पाँचथर कुम्मायक गाउँपालिका भित्र अदुवा खेती गर्ने किसानहरु निरास बन्दै गएका छन् ।

केही बर्ष अगाडि प्रतिमन करिब सात हजार सम्मको हाराहारीमा बिक्रि भएको अदुवा यतिबेला प्रतिमन एक हजारको मुल्यमा मात्र बिक्रि हुँदा किसान निरासा बनेका हुन् ।

बेलाबखत अदुवाको भाउँ ह्वात्तै चुलिँदा उनीहरु उत्साहित नभएका भने होइन । उसबेला गाउँमा अदुवा खेती कमै मात्रामा हुन्थ्यो ।
ड्याङ बनाएर रोपिने गरेको अदुवा खेती गर्न खासै झन्झट नहुने र सामान्य गोडमेल गरे पुग्ने गरेको किसान बताउँछन् । सालिन्दा फरकफरक ठाउँमा रोपिने उक्त अदुवा किरा तथा बन्यजन्तु जनावरले समेत नखाने भएकोले यस क्षेत्रमा अदुवा खेती गर्न किसानहरु बर्सेनि बढ्दै गएका थिए ।
फेरि रोपिएको अदुवाको गानो नकुहिने र उत्तिकै फाइदा हुने भएकोले पनि किसानहरु अदुवा खेती गर्न हौसिएका हुन् । अदुवा खेती गरेर राम्रै आम्दानी गरेका कुम्मायक वडा नम्बर ४ का नरमाया सम्बाहाम्फेले सुरुमा एकमन अदुवा खेती गर्न थालेकी थिइन् हाल उनले २० देखि २५ मन सम्म उत्पादन गरेर बेचेको पैसाले घर खर्चको दैनिक समस्या र करिब छ महिना सम्म खान पुग्ने साथै घरको गर्जो टार्ने गरेको बताउँछिन्
नगदे बालीको रूपमा रहेको अदुवा पालिकाभरिबाट अन्दाजी ३० देखी ४० हजार मेट्रिकटन वार्षिक निर्यात हुने गरेको स्थानीय व्यापारी बिष्णु बोहोरा र कोषराज सम्बाहाम्फेले बताए ।
तस्तै,अर्का व्यापारी किरण सम्बाहाम्फेका अनुसार अहिले अदुवा उत्पादनमा वृद्धि भए पनि भाउँमा गिरावट आएपछि किसानहरु मार्का परेको दुखेसो पोख्छन् ।
यस तर्फ सरोकारवाला निकायले पहल गरेर अदुवाको उचित मुल्य पाए किसानले गरेको मेहनत र परिश्रमको कदर हुने साथै आर्थिक उन्नतिमा सहयोग पुग्ने स्थानीयको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार