जनता सेभेन सुर्योदय नगरपालिका र माइजोगमाई फूटबल क्लब विजयी

  विविसी हाङखिम  170 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी प्रथम सन्दकपुर गोल्डकपमा जनता सेभेन र माइजोगमाइ फूटबल क्लब विजयी भएकोछ।

शुक्रवार भएको पहिलो खेलमा शेरुहाङ लिम्बूको ह्याट्रिकमा सन्दकपुर फूटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै जनता सेभेन विजयी भएको हो । खेलको पहिलो हाफको २८ औं मिनेटमा जनता सेभेनका शेरुहाङ लिम्बुले १ गोल गरे । त्यस्तै दोस्रो हाफको २६ औं र ३० औं मिनेटमा शेरुहाङ लिम्बुले २ गोल गर्दै ह्याट्रिक पूरा गर्नका साथै टिमलाइ जित दिलाए । खेलमा शेरुहाङ लिम्बू म्यान अफ द म्याच घोषित भए । उनलाई सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगद २ हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो खेलमा हेल्लो जस्बिरे फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै माइजोगमाइ फूटबल क्लब विजयी बन्यो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट लिइएको थियो । पहिलो हाफको २८ औं मिनेटमा माइजोगमाइका सन्तोष राइले पहिलो १ गोल गरेर टिमलाई अग्रता दिलाएपनि दोस्रो हाफमा हेल्लो जस्बिरेका विषम बस्नेतले १ गोल गर्दै बराबरीमा रोकेका थिए । दो म्यान अफ द म्याच सन्तोष राई घोषित भए । उनलाई युवा आबि र नवयुवाज्योति खेल संघका संस्थापक अध्यक्ष कमल बुर्जा मगरले नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो चरणको अन्तिम खेल फालेलुङ फूटबल पाँचथर र योङ्ब्वाइज नेपालटार बिच हुनेछ ।

त्यस्तै दोस्रो खेलमा दोस्रो चरणको पहिलो खेलमा गोदक फूटबल क्ल्ब र देउमाइ फूटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका बिजेता टिमले नगद १ हजार १ सय ११ रुपैयाँ र उपबिजेता टिमले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल नयाँ बर्षमा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार